नारायणघाटस्थित सहिद चोक र पुल्चाेकमा बम भेटियाे


चितवन । चितवनको पृथ्वी राजमार्ग अन्तर्गत नारायणघाटस्थित सहिद चोक र पुल्चाेकमा बम भेटिएको छ । शनिबार बिहान भेटिएको शंकास्पद बस्तु ग्रिनेट बम भएको बताइएको छ ।

पृथ्वीचोकमा भेटिएको बम, बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ भने सहिद चोकमा भेटिएको बम अाफै विस्फाेट भएकाे छ । बम विस्फाेट भए पनि मानवीय क्षति भने भएकाे छैन ।