मतदान अधिकृतको नियुक्ती रद्द गर्न एमालेको उजुरी

0
Shares

विमल विष्ट, डोटी । डोटीमा एक मतदान अधिकृतको नियुक्ति रद्द गराई पाउ भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । डोटीको भवानीस्थान माबी सैनगाउ ‘क’ का लागि नियुक्त भएका मतदान अधिकृत चेजराज फुलारा गैरसरकारी संस्थाका कर्मचारी भएको भन्दै उहाँको नियुक्ति रद्द गराई पाउ भनि बाम गठबन्धनको पार्टि नेकपा एमाले डोटीले निर्वाचन आयोगमा उजुरी हालेको छ । सो पार्टिका कार्यालय सचिब खडकबहादुर कठायतले मतदान अधिकृत चेजराज फुलारा गैरसरकारी संस्था परिवार नियोजन संघ डोटीका प्रमुख भएको र प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७४ को परिच्छेद ३ को मर्म र भावना बिपरित देखिएकाले उक्त नियुक्ती बदर गरीदिन हुन भन्दै निबेदन दर्ता गर्नु भएको हो ।
उता डोटीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मतदान अधिकृतहरु नियुक्ति लियर आ आफनो निर्वाचन क्षेत्रमा खटिएको र भवानीस्थान माबी सैनगाउ ‘क’ का लागि नियुक्त हुनु भएका मतदान अधिकृत चेजराज फुलाराका बिषयमा आफुले केही कुरा बोल्न नसक्ने बताउनु भयो । उहाँले भन्नु भयो ‘फुलारा जीको बारेमा केन्द्रमा उजुरी परेको होला,उहाँले नियुक्ति लगेर गई सक्नु भएको छ,केन्द्रले छानबिन पछि रद्द गरे नगरेको खबर आउला ।’