काँग्रेस सभालाई लक्षित गरी इटहरीमा बम विस्फोट, चार जना घाइते



सुनसरी (नेस) ।
सुनसरीको इटहरीमा बम विष्फोट हुँदा चार जना घाइते भएका छन्। इटहरीस्थित भलाद्मी टोलमा भएको विष्फोटमा परी कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र धनबहादुर श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

नजिकैको काँग्रेस सभालाई लक्षित गरेर विष्फोट भएको बताइएको छ। घाइतेको अवस्था चिन्ताजनक रहेको र उपचारका लागि लागि इटहरीस्थित सामुदायिक अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्