निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

0
Shares

उत्तम नेपाल भद्रपुर
आउदो मंसिर २० गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारतका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती सुरु गरेका छन् । झापासंग भारतको सीमा जोडिएका क्षेत्रमा नेपालको तर्फवाट शसस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय एस एस बीका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्तीलाइ तिब्रता दिएका हुन् ।

केहिदिन अघिवाट सुरु गरिएको गस्तीमा शसस्त्र प्रहरी पन्ध्र, नेपाल प्रहरी नौ र भारतीय एसएसबी १६ गरि चालिस जना सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले जनाए ।

निर्वाचनको समय नजिक आउदै गरेको समयमा सीमामा हुनसक्ने आपराधिक क्रियाकलापलाइ ध्यानमा राखेर दुवै देशका सुरक्षाकर्मीले गस्तीलाइ तीब्र बनाइएको एसपी केसीको भनाइ छ । अन्य समयमा पनि गस्ती भइरहेता पनि निर्वाचनको समयमा बढी केन्द्रीत गरिएको उनले जनाए ।

टोलीले झापाको दक्षीणी तथा पश्चिम क्षेत्र पृथीवीनगर, टागनडुब्वा ,गौरीगञ्ज, घेरावारी साथै उत्तरमा वाहुण्डागी, काकडभिट्टा,भद्रपुरमा गस्ती गरिसकेको शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरका एसपी रमेश सुवेदीले जनाए ।

अवस्था हेरेर क्रमश गस्ती गर्दै झापाका सवै सीमा क्षेत्रमा पुग्ने एसपी सुवेदीको भनाइ छ । नेपालवाट अधिकृत स्तरका प्रहरीको कमाण्ड रहने छ भने भारतीय तर्फवाट गलगलिया , भातगाउ लगायतका थाना इन्चार्जको कमाण्ड रहेको सुवेदीले बताए । झापामा १ सय १८ किलोमिटर सीमा क्षेत्र रहेको छ भने मुख्य ,सहायक,साना र रिफरेन्स गरि ९ सय ३ वटा स्तम्भ रहेको सीमा सुरुक्षा कार्यालय भद्रपुरले जनाएको छ ।