वाम गठबन्धनका उम्मेदवार रतन थापाको गाडीमा आगजनी

0
Shares

काठमाडाैं । कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको जीपमा अज्ञात समूहले आगजनी गरेका छन् ।

वाम गठबन्धनका उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा.१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ । आगजनी कसले गर्यो भन्नेबारे थाहा हुन सकेको छैन ।

प्रहरीले आगजनी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको जनाएको छ ।