दुर्गमको निक्षेपलाई संकिलत गरि ऋण प्रवाह गर्न स्थानिय तहमा बैंक स्थापना

0
Shares

नन्दराम जैशी, जुम्ला । जुम्ला सिजा गाउँपालिकाको नराकोटमा बुधबार नेपाल बंगलादेश बैक स्थापना भएको छ । बंगलादेश बैकले आफ्नो ५१ औँ शाखाका रुपमा सेवा सञ्चालन गर्दै नराकोटमा शाखा स्थापना गरिएको हो । शाखाको समउद्घाटन प्रोफेस्नल डाईरेक्टर माधवप्रसाद न्यौपाने र डाईरेक्टर मुकुन्द ढुंगनाले औपचारिक कार्यक्रमका साथ रिबन काटेर गर्नु भएको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा नेपाल बंगलादेश बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले स्थानीय तहलाई नै मध्ये नजर गरी हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा शाखा संचालन गर्दै आएको छ । नेपाल राष्ट्र बैँकबाट “क” वर्गको इजाजत पत्र प्राप्त बैँक भएको शाखा म्यानेजर तुलराज शाहीले जानकारी दिनुभयो । बैँकले दुर्गमका गाउँमा छरिएर रहेको निक्षेप, पैसालाई संकिलत गरि ऋण प्रवाह गर्ने म्यानेजर शाहीले बताउनुभयो । गाउँमा रहेको पुँजीलाई संकलन गर्ने जस्ता काम बैँकले गर्ने उहाँको भनाई छ । आधुनिक सेवामुलकका लागि मोबाइलक्रोम इन्टरनेट, एसएमएस बैँङ्किक जस्ता सेवाहरु निःशुल्क प्रवाह गरेको अवगत गराएको थियो । उहाँले भन्नुभयोे, नेपाल बंगलादेश बैक शाखा नराकोटमा ७४ जनाले खाता खोलेको जानकारी दिनुभयो । स्थानीय तहमा बैक संचालन भएकाले अब स्थानीय नागरिक देखि सरकारी कारोवारोका लागि जिल्ला सदरमुकाम खलंगा धाउनु पर्ने बाध्यता टरेको स्थानीय सुर्यबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयोे, सरकारी आर्थिक कारोवारो सधै बजार हुने गथ्र्यो त्यसले समयको बर्वादका साथ कर्मचारीले खलंगा बजार जाने बाहना बाँजी अब टरेको छ ।