सेती नदिको चट्टानमा फसेका गाईको उद्दार (फोटो फिचर)

0
Shares

विमल विष्ट, डोटी । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल पिपल्ला स्थित सेती नदिको भिर चट्टानमा फसेका ९ वटा गाईको उद्दार गरिएको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले सेती नदिको भिर चट्टानमा कतै आवत जावत गर्न नसक्ने अवस्थामा फसीरहेका ९ वटा गाईलाई प्रहरी,म्यादी तथा स्थानियबासीको सहयोगमा उद्दार गरी बाहिर निकालिएको बताउनु भयो । उहाँले भन्नु भयो ‘सेती नदिमा बगेर आईका हुन सक्ने ति गाईहरु नदिको भिर चट्टानमा अडिएका रहेछन्,गाई फसेको खबर हामीले पाएपछि हाम्रो तथा स्थानियबासी सहितको टोलीले करिब दुई घण्टा बढी समय लगायर गाईको सकुसल उद्दार ग¥यौ ।’
प्रहरी,म्यादीप्रहरी लगायत स्थानियले नदिको भिर चट्टानमा फसेका गाईको सकुसल उद्दार गरेपछि यहाँका स्थानियबासीहरु प्रहरी प्रति निकै खुसि हुदै धन्यबाद समेत दिन थालेका छन् । त्यस्तै उद्दार गरीएका गाई मध्ये केही दुधालु तथा केही गाईहरु ब्याउने अवस्थाका रहेको गाई उद्दार कार्यमा संलग्न माओबादी केन्द्रका नेता तेजबहादुर डुम्रलेलले बताउनु भयो । उहाँले भन्नु भयो ‘केही गाई दुधालु थिए,केही भने ब्याउने अवस्था थिए,कसले बगायो होला खोजी कार्यहुनु पर्छ,गाई बगाउनेलाई कार्वाहि हुनु पर्छ ।’ दिपायल स्थित प्रमुख ब्यापारी केन्द्र पिपल्लामा छाडा रुपमा छोडिएका गाईहरु संकलन गरेर कसैले राती बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाई कसरी बगेका हुन त्यो बिषयमा प्रहरीले सुक्ष्म अनुसन्धान गरी ईलाका प्रहरी दिपायलका प्रमुख कुँवरले बताउनु भयो । उहाँले थप भन्नु भयो ‘गाई कसरी बगे अनुसन्धान हुदैछ,कसैले बगाएको भेटिए कार्वाहि हुने छ ।’