पानी ल्याएर तिर्खा मेटाउनेलाई भोट

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।
‘हाम्रा दल र उम्मेदवार भनी कैयौपटक हामीले  उनैलाई भोट दियौ  । हामीले  दिएको  भोटले  उनीहरुले जिते  । तर उनै  हाम्राहरु जितेर गएदेखि गाउ घुमेका छैनन्न । ‘यसपालिको  भो ट कसलाई दिने  हामी दोधारमा छौ ’ फलेबास नगरपालिका– बडा नम्बर ३ शंकरपोखरीका जितबहादुर बिकले भने– ‘खानेपानीको  धारा सबैका घर–घरमा पु¥याउने  आश्वासन अहिलेको  मात्रै  होइन, त्यो  हाम्रा लागि पुस्तानी नारा भइसक्यो  ।’

अहिले  पनि नारामा पानीका धारा सबैले  लिएर आएका छन् निर्बाचन नजिकीदै जादाँ दल तथा उम्मेदबारहरु भोट माग्न फेरी गाउँ आएका छन् । पानीको  धारा अझै  आएको  छै न । फेरि उनै  नाराहरु बो की उनै  दल गाउ पस् न शुरु गरे को  बिकले  बताए । उनले  भन्ने – ‘जसले  दिन्छ पानी उसैलाई दिन्छौ  अब भो ट । हाम्रा र मेरा दल र उम्मेदवार अब हामि हेर्ने  छै नौ ं । खाने पानीको  समस्या अहिलेको  होइन पुरानै हो  । पानी खाने  आशामा बाबु÷बाजेहरुले  पनि उनैलाई भोट दिए । हामीले  पनि उनैलाई दियौ  । खानेपानीको आश्वासनले  पुस्तैनी बिताएका शंकरपोखरीबासीहरु अझै  आश्वासन मात्रै  पाइरहे का छन् ।

नेता गाउमा पस्न नपाउदै  हामीलाई भोट दिनुहोस् । जित्यौ ं भने  खानेपानीको  धारा सबैका घर–घरमा पु¥याउछौ ं भन्छन् । सोहि शंकरपोखरी निबासी शारदा शर्माले भनिन् भो ट बटुल्ने  मीठा कुरा मात्रै  बने  खानेपानीका धारा घर–घरमा ।’

शंकरपोखरी गाबिसभरिका धेरैजसो घरधुरीले  बर्षातको समयमा आकासे पानिको भर परि घरघरमा पानिका घैटा बनाएर हिउँदको समयमा त्यहि  पानी खान्छन् । एक ग्रागी पानीका लागि बिहान चार बजेनै  उठ्नुपर्छ । अन्य समयमा दलका नेता गाउ पस्नै  अप्ठेरो  मान्छन्न ।

जबकी चुनाब लागेसंगै दलका नेता तथा उम्मेदबार पानिका नारा लिएर गाउँ पस्छन । गाउको  यो  समस्या कसैले  नदेखे को  उनले  गुनासो  गरिन । फे रि पनि भो ट माग्न नेता गाउ पसेका छन् । उही पुराना खानेपानीका धारा सबैका घरघरमा भन्ने गरेको  उनले  बताईन ।

स्थानीय तहको  निर्वाचनमा पनि हामीले  खानेपानीको  धारा आउछ रे  भन्दै  भोट दियौ ं । अहिले  त्यस्ता भोट धे रै  पटक दियौ ं भने र चित्त बुझाएका छौ ं । चुनावी रौनक र उत्साहले  अन्यत्र सबै लाई छोएको  छ । तर हामीलाई यसपालिको  चुनावले  उही निराशा दिएको छ ।

फे रि भोट दिने  हो  । उही पानीको  मीठो  सपना देख्ने  हो ’– शर्माले  भनिन् – ‘मनमा दुखाई भए पनि भो ट दिनैपर्छ । अब पानी ल्याइदिने लाई भोट दिन्छौ ं ।’ खानेपानीको  उचित व्यवस्था नहुदा नुहाउन, लुगा धुन लगायत बिभिन्न कामगर्न गाउँभरीकै मानिसहरुलाई समस्या छ । वस्तुभाउ र शौचालयको  अवस्था उस्तै  छ ।

पानीको  उचित बन्दोबस् त नहुदा शौचालय प्रयो गमा आउन छोडे को स्थानीय हर्कबहादुर तिबारीले बताए  । अरु गाउलाई विकास र सेवाले  छो एको  छ । हामीलाई न नेताले  चिन्छन् न विकासले  खोज्छ । शरणार्थीको  गाउ जस्तै  बाचेको उनको भनाई छ ।