काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको यात्रु बस त्रिशुलीमा खस्यो, ६ जनाकाे शव प्राप्त


काठमाडौं । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको यात्रु बस त्रिशुलीमा खसेको छ । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने  १५ जना को उद्दार गरिएको छ । मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएकाे छ । लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने नखुलेकोले कति जनाकाे ज्यान गयाे खुल्न सकेकाे छैन । दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । उनका अनुसार, अहिले घाइतेको उद्धार कार्य भइरहेको छ । दुर्घटनालगत्तै अहिले सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।