समाजले चुनेका लाहुरे उम्मेद्धवार



सलिम अन्सारी, प्यूठान ।
प्रबृतीगत हिसावले फौजीले राजनिती जान्दैन्न।तर हाम्रो समाजले जान्दिन भनेर टाढा बस्न भने दिदैन। अगाडि ल्याए यस्ले केहि राम्रो गर्ला भन्ने आश राख्दछ। प्यूठानमा प्रतिनिधीसभामा एक र प्रदेशसभाको दुइवटा निर्वाचन क्षेत्र छ। यहाँ लोकतान्त्रिक तथा बाम दुवै गठबन्धनका उम्मेद्धवार छन।

राष्टिय जनमोर्चा सहितको बामगठबन्धनबाट प्रतिनिधीसभामा राष्टिय जनमोर्चाकी केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेल र लोकतान्त्रिक गठबन्धनबाट काग्रेसका गोबिन्दराज पोख्रेल प्रतिस्पर्धी छन। जिल्लामा मुख्य प्रतिस्पर्धी मानिएका यी दुइ गठबन्धनलाइ चुनौती दिदैँ नयाँ शक्ति नेपालले भने लाहुरेलाइ चुनावी मैदानमा उतारेको छ।

भारतिय सैनिकको जागीर बिचमै छोडेर राजनिती र समाजसेवामा होमिएका घमानसिहँ गुरुगँ अहिले प्रतिनिधीसभाको प्रत्यक्ष तर्फ नयाँ शक्ति नेपालबाट उम्मेद्धवार छन। सरुमारानी गाउँपालिका १ दर्भान निवासी गुरुगँ पार्टिका केन्द्रिय सदस्य समेत हुन। लाहुरे पृष्ठभुमीबाट चुनावी प्रतिस्पर्धामा रहेका उनि जिल्लाका एक्ला उम्मेद्धवार हुन। मैले भारतको सुख सुबिधा छोडेर जनताको सेवा गर्न आएको छु।परिवर्तनका लागि मलाइ भोट दिनुहोस, आफनो सीप र क्षमताको प्रयोग जनताकै लागि प्रयोग गर्छु।

प्यूठानका गाउँघरमा मत माग्दै गुरुगँ यसै भन्ने गर्छन। भारतीय सेनाको जागिर पूरा नहुँदै बिचमै जागिर छोडेर राजनितिक मैदानमा निस्किएका उनि समाज परिवर्तनका लागि राजनितीमा आएका बताउँछन। फौजीहरु देशबिदेश बुझेका ,अनुशासनमा बस्ने र नचाहिने कुराको लोभ नगर्ने हुनाले चाडै समाजमा घुलमिल गर्ने स्वभावका हुन्छन। उनले भने जनताको सेवा मेरो पहिलो एजेण्डा हो। चुनावी नतिजा मेरो अनुकुल्तामा न आएपनि म जनताको बिचमा जान छोडदिन। उनि भन्छन। जिल्लामा जनजातीको बाहुल्यता रहेकाले उनिहरुको मत आफुले पाउनेमा गुरुगँ बिश्वस्त छन। जितेपछि पनि जनताको पक्षमा काम गर्ने र सरकारले दिएको सेवा सुबिधालाइ स्थानीय बिकासका लागि खर्च गर्ने उनको पहिलो एजेण्डा हो।

अहिलेको राजनितीक परिवेशबाट आर्जित बनेका गुरुगँ बावुराम भटराइको बिकाशिल सिद्धान्तबाट प्रभावित रहेको बताउँछन। गुरुगँले अर्थशास्त्रमा एमए सम्मको औपचारिक शिक्षा हासिल गरेका छन। बिस २०३८ सालमा जिल्लाको ऐरावती गाउँपालिकाको तालपोखरामा जन्मिएका उनि २०५५ सालमा प्रबेशिका तह उतिर्ण गरे पश्चात भारतिय सैनिकमा भर्ना भएका थिए। २०५७ सालमा छदाखादाको जागिर छोडेर समाजसेवाको यात्रामा शरिक भएको उनि बताउँछन। कम्युनिष्ट पृष्ठभुमीबाट उनको राजनितीक यात्रा सुरु भएको हो।

२०५० सालमा राजमो निकट अनेरास्वबियू छैठौको इकाइ सदस्य भएर राजनितीमा देखिएका उनि आदिवासी जनजाती साँस्कृतिक परिवारको केन्द्रिय सदस्य र पछि उपाध्यक्ष समेत भए। उनले २०५८ मा कम्युनिष्ट पार्टिको सदस्यता पाएका हुन। नेपाल तमु बिध्यार्थी छोँजदिको केन्दिय महासचिव समेत भए।

तत्तकालिन एनेकपा माओवादिको अवध राज्य समिती सदस्य र आदिवासी जनजाती राष्टिय युवा फोर्सको केन्द्रिय अध्यक्ष समेत भए उनि। २०७२ मा माओबादिबाट बाबुराम भटराइ अलगिएपछि उनले बनाएको नयाँ शक्ति नेपालमा सँगठित भएको गुरुगले सुनाए।

प्रतिक्रिया दिनुहोस्