गाउँपालिकाका वडा अध्यक्ष बिपल्पको कब्जामा, प्रहरी बेखबर



दिपेन्द्र शर्मा, जाजारकोट ।

जाजारकोट कुसे गाउँपालीकाका वडा नं १ कावडा अध्यक्ष गोपाल बहादुर नेपालीलाई नेकपाका कार्यकर्ता नियन्त्रणमा लिएका छन् । उनलाई गएराती २ बजे नियन्त्रणमा लिएको उनका भाई प्रमोद नेपालीले बताए ।

भोली हुन गइरहेको प्रदेशसभा र प्रतिनीधि सभाको चुनावलाई अवरोध बनाउनको लागि उनलाई नियन्त्रणमा लिएको विप्लव समुहका जिल्ला इन्चार्जले बताएका छन् ।

नियन्त्रणमा लिएको धेरै समय भैसक्दा पनि प्रहरी भने अझै बेखबर छ ।

वडाअध्यक्ष हालसालै सम्पन्न स्थानीय निर्वाचनमा एमालेबाट बिजय भएका थिए ।

प्रतिक्रिया दिनुहोस्