राष्ट्रपति पदको शपथ

0
Shares

हरारे, (एजेन्सी)
इमर्सन मनांगाग्वाले शुक्रबार राजधानी हरारेको राष्ट्रिय रंगशालामा आफ्ना हजारौं समर्थकका अगाडि जिम्बावेको राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन्। उनको यो शपथसँगै ३७ वर्ष लामो रोबर्ट मुगाबेको शासनकालको औपचारिक अन्त्य भएको छ। ‘गोही’ भनेर चिनिएका ७५ वर्षीय मनांगाग्वाले देशको संविधान पालना गर्ने र जिम्बावेका १ करोड ६० लाख नागरिकको हक अधिकार रक्षा गर्ने शपथ लिए। आफ्नो सम्बोधनमा उनले अर्को वर्ष चुनाव गर्ने बताउँदै मुगावेको सत्तामा गल्तीहरु भएको स्वीकार गरे। नाटकीय रूपमा सत्तामा आएपछि उनले ‘जन आवाज’को सराहना गर्ने बताएका छन्।