चुनावको मुखैमा चोरी बढ्यो

0
Shares

काठमाडौं, (नेस)।
काठमाडौं महानगरपालिका–३२ सनराइज चोकनजिक डेरा गरी बस्ने काभ्रेकोे पाँचखालका रामचन्द्र पौडेलको कोठामा बिहीबार कोही नभएको अवस्थामा ताला फोडेर नगद तथा सुनका विभिन्न गरगहनासमेत गरी करिब १ लाख ९७ हजार रुपियाँबराबरको धनमाल चोरी भएको छ।

त्यस्तै ललितपुर महानगरपालिका–२१ बुङमती खोलास्थित रुद्रायणी मन्दिरभित्र रहेको रुद्रायणीको करिब १ दशमलव ५ फिट अग्लो पित्तलमा सुनको जलप लगाएको मूर्ति १ थान र बालकुमारी लेखेको १ दशमलब ५ फिट अग्लो पित्तलमा सुनको जलप लगाएको मूर्ति १ थान गएराति चोरी भएको छ।