स्कुटर चोरी गर्ने समातिए

0
Shares

काठमाडौं, (नेस)
काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित गोपीकृष्ण पुलनजिकमा चोरी गरी लैजाँदै गरेको स्कुटरसहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने ओखलढु·ाको धार्मा–१ का निमा तामाङ र काठमाडौं बौद्ध बस्ने रामेछापको भटौली–२ का सुजन भुजेल रहेका छन्। शंकास्पद रूपमा बा.४२ प ९३६५ नम्बरको स्कुटर डोर्याउँदै गरेको अवस्थामा महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरीले फेला पारी सोधपुछ गर्दा स्कुटर छोडी भागेपछि लखेट्दै गएर उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उक्त स्कुटर बौद्ध भाटभटेनीमा पार्किङ गरी राखेको स्थानबाट चोरी गरी ल्याएको अनुसन्धानबाट खुल्न आएको छ।
त्यस्तै दाङको तुल्सीपुर उपमहानगरपालिका–३ राम्रीस्थित सडकमा भे ५ प ३४६५ नम्बरको मोटरसाइकलमा सवार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–३ बस्ने सुधिरकुमार पटहर र बिहारीलाल लोधको ६० हजार रुपियाँ र २ थान मोबाइल लुटपाटमा संलग्न ११ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

लुटेरामध्ये ३ जनालाई घटनास्थलबाटै र भागी फरार रहेका ८ जनालाई पिछा गरी सोही उपमहानगरपालिका–३ दमारगाउँबाट प्रहरीले पक्राउ गरेको हो।

लुटेराहरूलाई नियन्त्रणमा लिने क्रममा अस्थायी प्रहरी पोस्ट बेलुवा दाङमा कार्यरत प्रहरी जवान ललित केसी लुटेराले चलाएको रा ३ प १३१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकाले अञ्चल अस्पताल तुल्सीपुरमा सामान्य उपचारपश्चात् मेडिकल कलेज कोहलपुर रेफर भएका छन्।