लागूऔषधसहित पक्राउ

0
Shares

काठमाडौंं, (नेस)
तारकेश्वर नगरपालिका–९ लेलाङ हाइटबाट काठमाडौं बालाजु बस्ने झापाको गौरादह नगरपालिका–७ घर बताउने प्रदीप बराइलीलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ सय १ एम्पुल, बुप्रेनोर्फिन ८६ एम्पुल र फेनारगन ८६ एम्पुल गरी जम्मा २ सय ७३ एम्पुलसहित बिहीबार लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ।