धनगढी पुगेर ओलीले भने– आँखा नझिम्काइ मतपेटिका हेरिरहन्छांै

0
Shares

हेमन्त पौडेल, धनगढी।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चुनावमा धाँधली गरेर भए पनि जित्ने षड्यन्त्रमा लागेको बताउनुभएको छ। निर्वाचन हुनुभन्दा २ दिनअघि क्षेत्रका एआईजी र केही सीडीओ परिवर्तन गरेर निर्वाचन प्रभावित पार्नसकिन्छ कि भन्ने ध्यानमा सरकार लागेको उहाँको भनाइ छ। निर्वाचन परिचालन कमिटी क्षेत्र नं ५ को आयोजनामा शुक्रबार धनगढीमा भएको जनसभालाई सम्बोधन गर्दा एमाले अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो।

सरकारले धाँधली गरेर चुनाव जित्छु भन्ने सोचेको छ भने त्यस्तो सपना नदेखे हुन्छ अध्यक्ष ओलीले भन्नुभयो– ‘मत गणना नसकिँदासम्म मतपेटिका आँखा नचिम्लिएर हेरिरन्छांै।’ ‘एउटाले आँखा चिम्लिँदा अर्कोले हेर्ने व्यवस्था गरेका छांै’ –उहाँले भन्नुभयो।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै देउवा सरकारले मनपरि हिसाबले कर्मचारी चलाएकोमा आक्रोश पोख्दै एमाले अध्यक्ष ओलीले नियमकानुन र संविधान सम्मवत चल्ने कर्मचारीतन्त्रलाई २ दिने सरकारले आचारसंहिता विपरीत चलाएको आरोप लगाउनुभयो। नेपालमा लोकतन्त्रका लागि निरंकुशताका लागि लड्यौं राजतन्त्रका विरुद्ध लड्यौं तर नेपाली कांग्रेसले वामपन्थी विरुद्ध कुप्रचार गर्दैै वामपन्थी सरकार आएमा अधिनायकवाद आउँछ भन्दै जनतामा भ्रम छर्ने काम गरेको बताउनुभयो। ओलीले विगतलाई सम्झँदै भन्नुभयो– ‘आच्छौं खायौँ बाच्छौं खायौं झुसे बारुलो।’

यस्तै चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका तर्पmबाट कैलाली क्षेत्रनं ५ का उम्मेदवार आरजु देउवाप्रति टिप्पणी गर्दै ओलीले एक झोला पैसा बोकेर घर किन्दैमा कोही पनि स्थानीय उम्मेदवार हुन नसक्ने बताउनुभएको छ्। देउवाका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानालाई भोट माग्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो,’ –काठमाडौंबाट केहीकेही मान्छे पैसाको थैला बोकेर म त यहीँको भएँ नि भन्दै घरघडेरी किन्दै आएका छन्। यहाँको हुन १ झोला पैसाले घर किन्दैमा हुन्छ ?’ मान्छे देखेको छैन, घर देखेको छ। अनि आफ्नो मान्छे भयो?।’

‘धन्नै हो कांग्रेसको लोकतन्त्र’ भन्दै ओलीले भन्नुभयो ’माथितिर श्रीमान, श्रीमती, छोरा अलि सानो छ। नत्र भने छोरा पनि (उम्मेदवार) हुन्थे। हाम्रो काम अरूलाई बोक्ने मात्र।’ यहाँका थारुले जित्नुहुन्न ? काठमाडौंबाटै आउनु पर्छ भन्दै ओलीले १०४ वर्ष शासन गरेका राणाका छोराछोरीहरूको जिब्रोका स्वाद अझै नगएको टिप्पणी गर्नुभयो । वाम गठबन्धनका उम्मेवार नारदमुनी यहीँको धुलामाटोमा खेलेर हुर्किएको र जिते पनि हारे पनि त्यही रहने तर, अरू फर्किने हो कि होइन थाहा नभएको उहाँले बताउनुभयो।

सभालाई माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले सभालाई सम्बोधन गर्नुभएको थियो। सभालाई सम्बोधन गर्दै नेता बादलले वामपन्थीको एकता हुने भएपछि प्रतिगामीहरूको कित्तामा भूकम्प गएको बताउनुभयो। राजनीतिक स्थिरताले मुलुकको विकासमा सहयोग पुग्ने धारणा उहाँले राख्नुभयो। कम्युनिस्टले मात्र देशकोरक्षा गर्न सक्ने भएकाले यसपटकको निर्वाचनमा कम्युनिस्टलाई बहुमत दिनुपर्ने भनाइ बादलको छ। एमालेका उपाध्यक्ष भीम रावलले वामपन्थीहरूको एकता केवल चुनाव जित्नका लागि मात्र नभई देशलाई सम्वृद्ध बनाउन भएको बताउनुभयो। वर्तमान सरकारले सरकारी ढुकुटी बाँडेर चुनाव प्रचार गरेको आरोप लगाउनुभयो।

कार्यक्रममा माओवादी नेता तथा क्षेत्र नं ४ का उम्मेदवार लेखराज भट्ट, एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नं ५ का उम्मेदवार नारदमुनी राना, एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीले बोल्नुभएको थियो।