सिके राउतको विचार राजपाको घोषणापत्रमा, कहाँबाट आयो देश टुक्र्याउने कुरा ?



काठमाडौं । अलग राष्ट्र निमार्णको कुरा राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो चुनावी घोषणपत्रमा उल्लेख गरेको छ । एक मधेश एक प्रदेशको बारेमा विवादस्पद अभिब्यक्ति दिंदै आएका मधेशबादी दल र मधेश विखण्डनको नारा अघि सार्दै आएका डा. सिके राउतको पटक पटकको अभिब्यक्ति मेल खाएको छ । राजपाले आफ्नो घोषणापत्र मार्फत अलग राष्ट्र निमार्णको कुरा सार्वजनिक गरेको हो ।

महेत्तरीको जलेश्वरमा संयोजक ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलागयतका नेताहरुले आज सो विवादास्पद विषय समेटिएको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा नेपाल बहुराष्ट्रिय देश हुनुपर्ने धारणासहित राजपाले ‘एक राज्य एक राष्ट्र’ हुनैपर्छ भन्ने धारणा आदर्शवादी भएको बताइएको छ । एक राज्य एक राष्ट्र सधै व्यावहारिक नहुने भन्दै देश टुक्र्याउने डरलाग्दो योजना घोणापत्रमा उल्लेख गरीएको छ । नेपाल एक बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसँस्कृतिक र बहुराष्ट्रिय देश रहेको उल्लेख गर्दै राजपाले घोषणापत्रकै प्रस्तावनामा नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वशासित प्रदेश तिब्बतमा रहेका उस्तै सँस्कृति, भाषा र चालचलनमा सामीप्यता भएका समुदायहरुको राष्ट्र एकै भएपनि देश फरक रहेको उदाहरण प्रस्तुत गरेको छ ।

‘वास्तावमा एउटा राज्य–राष्ट्रको निर्माण तब मात्र प्रारम्भ हुन्छ जब मुलुकका सबै तह र तप्का, वर्ग, समुदाय र नागरिकले समानताको महसुस गर्छन् र राज्य निर्माणको अभिभारा समानरुपले ग्रहण गर्छन् ।’ राजपा नेपालको घोषणापत्रको प्रस्तावनामै लेखीएको छ । मंसिर १० गतेको चुनाव हुन तीन दिन बाँकी रहेको अवस्थामा सो पार्टीले आज घोषषापत्र सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्