रामरहिम जस्तै गतिविधिमा संलग्न नेपालका हाइप्रोफाइल धर्मगुरु पक्राउ



काठमाडौं। अश्लील गतिविधिको आरोपमा प्रहरीले एक हाइप्रोफाइल धर्मगुरुलाई पक्राउ गरेको छ । यौनदुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले चोभारस्थित एक गुम्बाका धर्मगुरु टुल्के लामालाई मंगलबार पक्राउ गरेको हो । बिहिबार पत्रकार सम्मेलन गरी प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै छ ।
ती धर्मगुरुविरुद्ध आधा दर्जन उजुरी परेको छ । बिद्युतीय कारोबार ऐन अन्र्तगत सिआईबीले बुधबार नै काठमाडौं जिल्ला अदालतमा म्याद थप गरीसकेको छ । पक्राउ परेका धर्मगुरु ‘हाइप्रोफाइल’ व्यक्ति भएको स्रोत बताउछ । उनले विभिन्न युवतीहरुसँग अश्लील सम्बन्ध राखी फोटो र भिडियो बनाएका थिए । भारतमा केही समयअघि जेल परेका धर्मगुरु रामरहिम जस्तै उनको गतिविधि फेला परेको सिआईबीका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्