सानिमा बैंक र सहारा नेपालबीच रेमिट्यान्स सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सानिमा बैंक र सहारा नेपालबीच रेमिट्यान्स सेवा सम्झौता भएको छ। सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसमार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालय र नेपालभर रहेका ७ हजारभन्दा बढी भुक्तानी सञ्जालमार्फत सजिलै भुक्तानी लिन सकिनेछ।

सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईं र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले हस्ताक्षर गर्नुभएको थियो।

सानिमा एक्सप्रेसले आन्तरिक रेमिटयान्स सेवाका साथै यूएई, कतार, यूके, कोरियालगायत विश्वभरबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। सानिमा बैंकको हाल ४७ शाखा, १ एक्सटेन्स काउन्टर र ५३ एटीएम रहेका छन्।