मूल्यवृद्धि हिमालमा बढी

0
Shares

काठमाडौं, (नेस)
चालू आर्थिक वर्षको तेस्रो महिनामा क्षेत्रगत आधारमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५ दशमलव १ प्रतिशत, तराईमा ३ दशमलव ६ प्रतिशत, पहाडमा ३ प्रतिशत र काठमाडौं उपत्यकामा २ दशमलव ३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ६ दशमलव ३ प्रतिशत, तराईमा ६ दशमलव २ प्रतिशत, पहाडमा ८ दशमलव ९ प्रतिशत र काठमाडौं उपत्यकामा ५ दशमलव ७ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति ५ दशमलव २ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ७ दशमलव ६ प्रतिशत रहेको थियो। यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ तथा युटिलिटीलगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैरखाद्य मुद्रास्फीति कम रहन गएको हो।

त्यस्तै गैरखाद्य मुद्रास्फीति ५ दशमलव २ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ७ दशमलव ६ प्रतिशत रहेको थियो। यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ तथा युटिलिटीलगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैरखाद्य मुद्रास्फीति कम रहन गएको हो।

गत वर्षको असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ७ प्रतिशत रहेकोमा यस वर्षको असोजमा ३ दशमलव १ प्रतिशत कायम भएको छ। त्यस्तै गत वर्षको आधारमूल्य उच्च रहेको कारण समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो। खाद्य मुद्रास्फीति समीक्षा अवधिमा खाद्य मुद्रास्फीति शून्य दशमलव ५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ५ दशमलव ७ प्रतिशत रहेको थियो।

गत वर्षको तुलनामा यस समूहअन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २२ दशमलव ९ प्रतिशत, मसलाको मूल्यमा ५ दशमलव ७ प्रतिशत, तरकारीको मूल्यमा ५ दशमलव १ प्रतिशत र फलफूलको मूल्यमा ३ दशमलव ७ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो।