नेपाल बैंक ८१ वर्षमा

0
Shares

 

काठमाडौं, (नेस)
नेपाल बैंक ८० वर्ष पूरा गरी ८१औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको उपलक्ष्यमा बै्रकले खुल्ला रक्तदान तथा मधुमेह परीक्षण तथा जनचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरेको जनाएको छ।आर्थिक वर्ष २०७३⁄७४ मा ३ अर्ब २२ करोड खुद मुनाफा गरेको बैंकले चालू आवको पहिलो त्रैमासमा करिब ९७ करोड रुपियाँ खुद नाफा गर्न सफल भएको छ।

निजी–सरकारी साझेदारीको अवधारणामा स्थापना बैंकमा सरकारको ६२ दशमलव २१ प्रतिशत र सर्वसाधारणको ३७ दशमलव ७९ प्रतिशत शेयर हिस्सा रहेको छ। बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड पुगेको छ। ३० वर्षदेखि ऋणात्मक रहेको पुँजीकोष गत आर्थिक वर्षदेखि धनात्मक भई कूल जगेडाकोष आव २०७३⁄७४ मा ३ अर्ब ५१ करोड, पुँजी पर्याप्तताको अनुपात १५ दशमलव ६१ प्रतिशत पुगेकोमा चालू आवको प्रथम त्रैमासमा कुल जगेडा कोष ४ अर्ब ७५ करोड र पुँजी पर्याप्तता अनुपात १६ दशमलव ५९ प्रतिशत पुगेको छ। यो राष्ट्र बैंकले तोकेको न्यूनतम विन्दुभन्दा माथि हो। चालू आवको पहिलो त्रैमासमा बैंकको कुल कर्जामा खराब कर्जा अनुपात ३ दशमलव ४२ प्रतिशत रहेको छ। १२ लाख ग्राहक रहेको बैंकमा असोज मसान्तसम्म करिब ९३ अर्ब निक्षेप तथा ७४ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ।