माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला कांग्रेस प्रवेश



नेपाल समाचारपत्र, काठमाडौं ।

चेलीबेटी बेचबिखनबिरुद्धको अभियानमा सक्रिय संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई पार्टीमा स्वागत गरेका हुन ।

चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको भन्दै पार्टी प्रवेश गरेको उनले बताइन ।

पार्टी प्रवेशपछि कोइरालाले भनिन् ‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो’ ।

प्रतिक्रिया दिनुहोस्