पिकनिकको झगडाले गोली चल्यो

0
Shares

हेटौंडा,(नेस) ।
पिकनिक खान गएकाहरु बीच झगडा भएपछि प्रहरीले नेवारपानीमा हवाई फायरिङ गर्न बाध्य बनेको छ ।

हाँडीखोलाबाट पिकनिकका लागि गएकाहरु र स्थानीयबीचको सामान्य विवादले इलाका प्रहरी कार्यालय नै तोडफोडमा उत्रिएपछि ४ राउण्ड हवाई फायर गरिएको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

शनिबार राति करिब पौने ९ बजे उनीहरुलाई सम्झाउने प्रयास गर्दा उल्टै उनीहरु तोडफोडमा उत्रिएर प्रहरीमाथि आक्रमण थालेको प्रहरी दाबी छ । एक प्रहरी घाइते भएको प्रउ खनालले बताउनुभयो ।

तर, प्रहरीले झगडा छुटाउने क्रममा एक युवतीलाई संवेदनशील अंगमा कुटपिट गरेको स्थानीयको आरोप छ । सोपश्चात् स्थिति तनावग्रस्त भएर हवाई फायरिङको अवस्थामा पुगेको हो ।