चुनावी सुरक्षाबारे निर्वाचन आयोगले सुरक्षा प्रमुखसँग छलफल गर्दै



नेपाल समाचारपत्र, काठमाडौं ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका बेलामा गर्ने सुरक्षाको विषयलाई लिएर निर्वाचन आयोगले आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि डाकेको छ ।

सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आयोगले आइतबार दिउँसो १ बजे छलफल गर्न निर्वाचन आयोगले जनाएको छ ।

छलफलमा आयोगका पदाधिकारीहरुले देशको समग्र शान्ति सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिनुका साथै उम्मेदवारको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्