रातो पासपोर्ट नबुझाउने ५२९ पूर्व सासंदको सरकारी गाडीमा अझै रजाई

0
Shares

काठमाण्डौँ । व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता गरेका छन् । तर बाँकी ५२९ पूर्वसांसदले भने अझै रातो पासपोर्ट फिर्ता गर्न आनाकानी गरेको पाईएको छ । पूर्वसांसदले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयमार्फत निष्क्रिय बनाउन सक्ने भए पनि त्यसको जानकारी सचिवालयलाई गराउनुपर्ने व्यवस्था रहेको छ।

त्यस्तै व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र आफूले प्रयोग गरेको सवारीसाधन फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, संसद्को कार्यकाल सकिएको १२ दिन बितिसक्दा पनि सरकारी गाडी प्रयोग गर्ने २५ मध्ये ६ जनाले मात्र गाडी फिर्ता गरेका छन् ।

यी हुन गाडी फिर्ता नगर्ने पूर्वपदाधिकारीहरु

ओनसरी घर्ती, पूर्वसभामुख

गंगाप्रसाद यादव, पूर्वउपसभामुख

चिनकाजी श्रेष्ठ, कांग्रेस प्रमुख सचेतक

रेखा शर्मा, माओवादी केन्द्र प्रमुख सचेतक

कुन्तीकुमारी शाही, राप्रपा प्रमुख सचेतक

योगेन्द्र चौधरी, फोरम लोकतान्त्रिक प्रमुख सचेतक

जंगीलाल यादव, राजपा प्रमुख सचेतक

ईश्वरी न्यौपाने, कांग्रेस सचेतक

सीता नेपाली, माओवादी केन्द्र सचेतक

गोकुल घर्तीमगर, एमाले सचेतक

प्रकाश ज्वाला, अर्थ समिति सभापति

भीष्मराज आङदेम्बे, उद्योग वाणिज्य तथा उपभोक्ता समिति सभापति

मोहन बराल, कृषि तथा जलस्रोत समिति सभापति

गंगा चौधरी सत्गौवा, विधायन समिति सभापति

रञ्जुकुमारी झा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समिति सभापति

सुशीलकुमार श्रेष्ठ, सामाजिक न्याय तथा मानवअधिकार समिति सभापति

डोरप्रसाद उपाध्याय, सार्वजनिक लेखा समिति सभापति

कुलबहादुर गुरुङ, संसदीय सुनुवाइ विशेष समिति सभापति

यी हुन गाडी फिर्ता गर्ने पूर्वपदाधिकारीहरु

रवीन्द्र अधिकारी, विकास समिति सभापति

भानुभक्त ढकाल, एमाले प्रमुख सचेतक

जेबी टुहुरे, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति सभापति

मोहनसिंह राठौर, सुशासन तथा अनुगमन समिति सभापति

डा। शिवजी यादव, संघीय समाजवादी फोरम प्रमुख सचेतक

दिलबहादुर घर्ती, राज्यव्यवस्था समिति सभापति

सुविधा नलिने पूर्वपदाधिकारी

केपी ओली, विपक्षी दलका नेता, एमाले

गीता राणा क्षेत्री, वातावरण संरक्षण समिति सभापति