अफ्ठयारोमा कमल थापा, चुनावको मुखैमा राप्रपाका १० नेताद्वारा पार्टी परित्याग

0
Shares

नेपाल समाचापत्र, काठमाडौं ।

अध्यक्ष कमल थापाले पार्टी एकलौटी रुपमा सञ्चालन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला बैतडीमा १० भन्दा बढी संस्थापक नेताहरुले राप्रपा परित्यागको घोषणा गरेका छन्।

शुक्रबार बसेको संस्थापक नेताहरुको भेलाले जिल्ला नेतृत्व र केन्द्रीय नेतृत्वले आफूहरुको योगदानको कदर नगरेको भन्दै पार्टी छोड्ने निर्णय गरेको हो।

पार्टी परित्याग गर्नेमा जिल्ला प्रेमसिंह धामी, पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति मोहन थापा, पूर्व जिल्ला अध्यक्ष मोहनबहादुर विष्ट, पूर्व जिविस उपसभापति तथा पार्टी उपाध्यक्ष जयप्रकाश पन्त लगायतका नेताहरु रहेका छन्।

नेताहरुले पार्टी नेतृत्वले एकलौटी रुपमा उम्मेदवार चयन गरेको, मनोमानी रुपले चल्दा स्थानीय तहको निर्वाचनमा हार बेहोरेको र राप्रपा पटक पटक टुटफुटको राजनीतिमा सक्रिय भएको आरोप लगाएका छन्।