प्रमुख दलका शीर्ष नेताः को कहाँबाट चुनाव लड्दै ?


नेपाल समाचारपत्र, काठमाडौ ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरुले प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अन्तिम चरणमा पुर्याएका छन् ।

एमाले–माओवादीको वाम गठबन्धनले १ सय २८ निर्वाचन क्षेत्रमध्ये १ सय बढीको टुंग्याएर प्रतिवेदन बुझाएको छ। कार्यदलको प्रतिवेदनका आधारमा अब एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सम्मिलित पार्टी एकता संयोजन समितिले टुंगो लगाउने जनाएको छ ।

प्रमुख सत्तारूढ दल कांग्रेसले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष सिटमा चुनाव लड्ने केन्द्रीय नेताहरूको निर्वाचन क्षेत्र तय गरेको छ । राजपा र संघीय समाजवादी फोरमसित चुनावी तालमेलको हने भएपछि गठबन्धनमा आबद्ध दलबीच सहमति जुटाउने प्रयास भईरहेको कांग्रेसले बताएको छ ।

कांग्रेस, एकाले र माओवादीले शीर्ष नेताहरुको चुनावी क्षेत्र भने निर्धारण गरिसकेका छन ।


शीर्ष नेता को कहाँबाट चुनाव लड्दै ?

नेपाली कांग्रेस

शेरबहादुर देउवा, डडेलधुरा

रामचन्द्र पौडेल, तनहुँ– १

विजयकुमार गच्छदार, सुनसरी–३

शशांक कोइराला, नवलपरासी (पूर्वी)– १

प्रकाशमान सिंह, काठमाडौं– १

विमलेन्द्र निधि, धनुषा–३

पूर्णबहादुर खड्का, सुर्खेत– १

ज्ञानेन्द्रबहादुर कार्की, सुनसरी– ४

प्रकाशशरण महत, काठमाडौं–५

महेश आचार्य, मोरङ– ४

शेखर कोइराला, मोरङ– ६

मीनेन्द्र रिजाल, मोरङ– २

नारायण खड्का, उदयपुर– १

नविन्द्रराज जोशी, काठमाडौं– ८

रमेश लेखक, कन्चनपुर– ३

नारायणबहादुर कार्की, उदयपुर– २

अर्जुन जोशी, पर्वत– १

गगन थापा, काठमाडौं–४

नेकपा  एमाले

केपी ओली, झापा–५

माधव नेपाल, काठमाडौं–२

झलनाथ खनाल, इलाम–१

वामदेव गौतम, बर्दिया–१

ईश्वर पोखरेल, काठमाडौं–५

सुवास नेम्वाङ, इलाम–२

भीम रावल, अछाम

विष्णु पौडेल, रूपन्देही–२

प्रदीप ज्ञवाली, गुल्मी–१

गोकर्ण विष्ट, गुल्मी–२

माओवादी केन्द्र

पुष्पकमल दाहाल, चितवन–३

नारायणकाजी श्रेष्ठ, गोरखा–२

कृष्णबहादुर महरा, दाङ–२

टोपबहादुर रायमाझी, अर्घाखाची

वर्षमान पुन, रोल्पा

पम्फा भुसाल, ललितपुर–३

जनार्दन शर्मा, पश्चिम रुकुम

शक्ति बस्नेत, जाजरकोट

मातृका यादव, धनुषा–२