त्रिशूली बस दुर्घटनाः मृतकको संख्या १९ पुग्यो (अपडेट)



नेपाल समाचारपत्र, काठमाडौं ।
धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । घटनास्थलबाट ८ पुरुष र ६ महिला र २ बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । बेपत्ताको खोजीकार्य जारी छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन ।

खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । उनीहरुको गजुरी अस्पताल र केहिलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको बताइएको छ ।

 

राजविराजबाट काठमाडौं आउँदै गरेको ना६ख १४६७ नम्बरको बसआज बिहान त्रिशुलीमा खसेको हो ।

प्रतिक्रिया दिनुहोस्