एन्ड्रोइड प्रयोगकर्ता सम्बन्धी रोचक तथ्य

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
स्मार्टफोनले मानिसको जीवनमा प्रवेश पाएको धेरै समय भएको छैन। तर, छोटो समयमै विशेष स्थान बनाइसकेको छ।

स्मार्टफोनको अपरेटिङ सिस्टमका रूपमा एन्ड्रोइड र आईओएसले मानिसका हरेक काममा सघाइरहेका छन्। एन्ड्रोइड प्रयोगकर्ताले एउटै कुरामा आईओएस प्रयोगकर्तालाई जिस्काउन सक्छन् कि उनीहरूको स्मार्टफोन कसरी विभिन्न ब्रान्डका स्मार्टफोनसँग कनेक्ट गर्न सजिलो छ भनेर। मूल्यका विषयमा पनि एन्ड्रोइड प्रयोगकर्ताहरू आफुूलाई भाग्यवानी नै ठान्छन्।

आईओएस प्रयोगकर्ताहरूले आफूलाई नयाँ प्रविधिको प्रयोगका विषयमा विशिष्ठ ठान्छन्। आईओएसलाई सोही कारण पनि लिडर अफ इनोभेसन भनि विश्वमा परिचित गराइएको छ। तर, दुवैखालका स्मार्टफोनको आ– आफ्नै विशिष्ठता छन् भने विश्व बजारमा सोही अनुसारको बजार लिएका छन्। यसै सन्दर्भमा एन्ड्रोइड प्रयोगकर्ताका बारेमा केही चाखलाग्दा तथ्य यस्तो छ।

९० प्रतिशत बजार हिस्सा
सामान्य रूपमो एन्ड्रोइड र आईओएसका प्रयोगकर्ता विश्व बजारमा प्रतिस्पर्धी नै भएको अनुमान गर्न सकिन्छ। तर, उक्त अनुमान गलत हो। एन्ड्रोइडले स्मार्टफोनको विश्व बजारमा ८४ दशमलव ८ प्रतिशत बजार शेयर ओगटेको छ भने २ अर्ब प्रयोगकर्ता रहेका छन्। यो पक्कै पनि ठूलो संख्या हो र यसको कारण एन्ड्रोइड उत्पादन गर्ने कम्पनी धेरै हुनु पनि हो। सामसुङ, नोकिया, एचटीसी, मोटोरोला, सोनी, एलजीलगायत थुप्रै बहुराष्ट्रिय कम्पनीले आफ्ना उत्पादनमार्फत् विश्व बजारमा प्रतिस्पर्धा गरिरहेका छन्। आईओएस भने एप्पलका उत्पादनमा मात्र उपलब्ध छ र बिना प्रतिस्पर्धी एक्लो बादशाहका रूपमा अगाडि बढिरहेको छ।

पश्चिमामुलुक भन्दा पूर्वी मुलुकमा बढी लोकप्रिय
विश्व बजारमा ८५ प्रतिशत बजार ओगटेको भए पनि एन्ड्रोइड फोनको प्रयोग पश्चिमा देशमा भन्दा पूर्वी देशमा बढी प्रयोगमा रहेको छ। सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनमा कुल जनसंख्याको ७६ दशमलव ४ प्रतिशतले एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्छन्। आईओएस अपरेटिङ सिस्टमले चीनले लोकप्रियता कमाउन सकेको छैन। पछिल्लो समय भारतले पनि एन्ड्रोइड उत्पादनमा फड्को मारेका छ भने प्रयोगकर्ता पनि बढ्दै गएका छन्।

कम समय खर्च गर्छन् एन्ड्रोइड प्रयोगकर्ता
आईफोन प्रयोगकर्ता भन्दा एन्ड्रोइडफोन प्रयोकर्ताले स्मार्टफोनमा कम समय खर्च गर्ने गरेका छन। आईफोन प्रयोगकर्ताले एक महिनामा औसत ६४ घण्टा खर्च गर्दछन् भने एन्ड्रोइड प्रयोगकर्ताले ५५ घण्टा खर्च गर्दछन्। अर्को चाखलाग्दो कुरा के पनि छ भने एन्ड्रोइड प्रयोगकर्ताहरू बढी समय फोन गर्न र म्यासेज गर्नमा खर्चिन्छन् भने आईफोन प्रयोगकर्ताहरू विभिन्न किसिमका एप्लिकेसनको प्रयोगमा बढी समय खर्चिन्छन्। यस्ता एप्लिकेसनको गुणस्तरीयता र पछिल्लो भर्सनका बारेमा पनि आईफोन प्रयोगकर्ताहरू बढी सजक हुने गरेका छन्। यसको अर्थ के पनि बुझ्न सकिन्छ भने, जति आईफोन प्रयोगकर्ताहरूले एप्लिकेसनको प्रयोगमा पैसा खर्च गर्ने गरेका छन त्यसको अनुपातमा एन्ड्रोइड प्रयोगकर्ताले आधामात्रै खर्च गर्ने गरेका छन्।

भारत एन्ड्रोइड फोनको उदाउँदो बजार
द रिचेन्ट पत्रिकाको तथ्यांकलाई आधार मान्ने हो भने एन्ड्रोइड अपरेटिङ सिस्टम उत्पादन गर्ने कम्पनीलाई भारत उत्कृष्ट बजार सावित हुनसक्छ। त्यो कुन अर्थमा भने भारतमा जुन गतिमा जनसंख्याको वृद्धि भइरहेको छ, सोही अनुपातमा उनीहरूको मोबाइल फोन प्रयोगमा पनि वृद्धि भइरहेको छ। अहिले अवस्थामा जनसंख्याको केही प्रतिशत मानिसले मात्र स्मार्टफोन प्रयोग गरिरहेका छन भने दु्रत गतिमा बजार आकर्षित भईरहको छ।

बिस्तारै लत बन्दैछ फोनको प्रयोग
अहिलेको अवस्थामा हामी कसैले पनि भन्न सक्दैनौं कि हाम्रो जीवन स्मार्टफोनको प्रयोग बिना गुजार्न सक्छौं भनेर। हरेकले आफूभित्र स्मार्टफोनको प्रयोगबाट नयाँ समाज निर्माण गरिरहेका हुन्छन् र त्यसैमा रमाउन पनि थालेका छन्। जुन बिस्तारै लतका रूपमा विकास हुँदैछ। ‘द रिचेस्टको तथ्यांकले भन्छ कि औसतमा एक व्यक्तिले एक दिनमा २ हजार ६ सय १७ पटक आफ्नो फोनलाई छोएको हुन्छ। स्मार्टफोनको प्रयोग बिना कुनै प्रयोजनका लागि पनि भइरहेको हुन्छ। जसलाई समयक्रमले नयाँ परिभाषा पनि दिएको छ– ‘केवल टाईम पास’।
(विभिन्न अन्तराष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा)