श्रमिकको न्यूनतम ज्यालादर तोकियो

0
Shares

काठमाडौं, (नेस)
काठमाडौं महानगरपालिकाकाले श्रमिकहरूको न्यूनतम ज्यालादर तोकेको छ। श्रमिकहरूको काम अनुसारका ज्यालादर निर्धारण गर्दै महानगरपालिकाले न्यूनतम १६ हजार ८ सय रुपियाँमासिक पारिश्रमिक पाउन गरी महानगरले श्रमिकहरूको दैनिक ज्यालादर निर्धारण गरेको हो।

श्रमिकहरूमध्ये सबैभन्दा कम ज्याला पाउनेमा माली, सहायक परिचालक, स्वीपर, मेहत्तर, धोवी, वन हेरालु, चौकिदार आदीको श्रम शुल्क दैनिक ५ सय ६० रुपियाँतोकिएको छ। त्यसैगरी सबैभन्दा धेरै ज्याला प्याच वर्कर (रात्री समयकमा काम गर्ने) सुपरभाइजरले पाउने भएका छन। उनीहरूको लागि प्रतिदिन ९ सय ८० रुपियाँअर्थात मासिक २९ हजार ४ सय तोकिएको छ। दक्ष डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार, मूर्तीकार, प्लम्बर र आर्टिस्टलाई ९ सय १० रुपियाँप्रतिदिन ज्याला तोकिएको छ। यस्ता अर्धदक्ष कामदारको हकमा भने ज्यालादर प्रतिदिन ७ सय ५० रुपियाँतोकिएको छ।

निर्माण कार्यको क्याम्प वर्कर, सुपरभाईजर, ब्लास्टर, मेकानिक्स, कालिगढ, फोटोग्राफिक्स, फोरमेन, सेक्युरिटी गार्ड, नाईट वाचमेन, रोड लेन्थ वर्कर हेल्प मेकानिक्सले दैनीक ६ सय १० रुपियाँज्याला पाउनेछन। सोही रकम बराबर ज्याजादर पाउनेमा लाईट भेईकल ड्राईभर, अफिस असिस्टेन्ट, सर्वे हेल्पर, रनर, गणक चेन म्यानलगायत छन। भरियाले ४० किलोग्राम तौलसम्मको भारी बोकेवाफत प्रतिदिन ७ सय रुपियँज्याला पाउनेछन। सामान लोड अनलोड गर्ने कामदारले १ क्विन्टल सामान लोड अनलोड गरेमार्फत २० रुपियाँपाउनेछन्।

 

त्यस्तै बोलेरो ४ ह्वील डबल क्याब पिकअप भाडा इन्धन र चालकसमेत गरी प्रतिदिन ५ हजार रुपियँँतोकिएको छ भने स्कर्पियो ४ ह्वील डबल क्याव पिकअप भाडा इन्धन र चालक समेत गरी ६ हजार रुपियाँतोकिएको छ।