टेटे टोली भारत प्रस्थान

0
Shares

काठमाडौं, (नेस)
आईटीटीएफ विश्व जुनियर सर्किट टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन दुई पुरुष खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ।
यही अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र संयोग कपालीले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।
उनीहरूले सिंगल्स, डबल्स र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा सञ्जय अर्याल छन्।