जरदारीको आरोप

0
Shares

पाकिस्तान

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारीले पूर्वप्रधानमन्त्री नवाज सरिफ उनका भाइ सहबाज सरिफमाथि उनको हत्या गराउने षडयन्त्र रचेको आरोप लगाएका छन्। सरिफ दाजुभाइले अदालतमा आफ्नो पेसीका क्रममा हत्या गर्ने षडयन्त्र रचेको जरदारीले बताए। उक्त घटना सन् १९९० को भएको उनले बताए। त्यतिबेला जरदारी भ्रष्टाचारको मामिलामा ८ वर्षको जेल सजाय काटिरहेका थिए। जरदारीले उक्त आरोप त्यतिबेला लगाएका छन्, जुनबेला नवाज सरिफको पार्टी पीएमएल–एनले जरदारीको पाकिस्तान पिपुल्स पार्टीसँग सन् २०१८ मा पाकिस्तानमा हुन गइरहेको चुनावमा गठबन्धनको प्रस्ताव गरेको छ।