प्रहरीकाे सुरक्षामा कार्यालय प्रमुख जुवा खेल्दै, जवान अड्डा कुरुवा !

0
Shares

सञ्जय कार्की, रौतहट ।

प्रहरीकै संरक्षणमा बाराको नीजगढमा ब्यबसायिकरुपमा जुवा खेल भैरहेको खुलेको छ । दशै तिहारको बहानामा बारा जिल्लाको नीजगढ नगरपालिका–४ स्थित नारायण खडकाको माछापोखरीमा बनाइएको काठको घर यस्तै बाग्देब र कछडिया टोलको बीचमा पर्ने एकान्तस्थलको एउटा मात्र रहेको धर्म लामाको घरमा दैनिक राती जुवा खेल हुने गरेको छ ।

ती दुबैघर लाई जुवाडेहरुले जुवा घर बनाएका छन । ईलाका प्रहरी कार्यालय नीजगढको संरक्षणमा ती दुबै स्थानको घरमा अबरोध नहोस भन्नका लागि दिन बिराएर पालैपालो जुवा खेल हुने गरेको छ ।

नीजगढ नगरपालिकाको सुनसान स्थामा रहेको ती दुबै घरमा दैनिक तीस लाख सम्मको जुवा खेलमा हारजित हुने गरेको खेलमा संलग्नहरुनै बताउछन । दशै देखि उक्त स्थानमा भैरहेको जुवा खेलमा कार्यालय प्रमुख, प्रहरी अधिकृत, ब्यापारीहरु संलग्न रहने गरेका छन । जुवा खेलमा च्याखे थाप्नेहरु पनि प्रशस्तै रहने गरेका छन ।

उक्त जुवा खेलमा ईलाका प्रहरी कार्यालय नीजगढका प्रहरी निरीक्षक दिपक राय यादबका बिश्वास पात्र प्रहरी घुमुवा अनिल कुमार साह गोलदारको प्रत्यक्ष रेखदेख र नजराना असुली हुने गरेको छ । प्रहरी जवान साहले स्वयम पेस्तोल सहित उक्त खेलमा डयुटी दिने गरेको स्थानीय स्रोतको भनाई रहेको छ ।

जुवा खेल्नकै लागि चन्द्रनिगाहप्ुर, सिमरा जीतपुर लगायतका स्थान बाट प्रभुत्व ब्यक्तिको आगमन हुने गरेको छ । एक पटकको खेलमा ईलाका प्रहरी कार्यालय नीजगढका घुमुवा प्रहरी जवान अनिल कुमार साह गोलदारले ८० हजार देखि एक लाख सम्म असुल्ने गरेको स्रोतको भनाई रहेको छ । यस बिषयमा ईलाका प्रहरी कार्यालय नीजगढका प्रहरी निरीक्षक दिपक राय यादबले आफु अनभिज्ञ रहेको बताउनु भयो ।

जुवा खेल कहा भैरहेको छ आफुलाई जानकारी नभएको र थापा पाए नियन्त्रण गर्ने भन्दै आफनो र आफनो घुमुवा प्रहरीको बचाउ गरेका छन । गैरकानुनी रूपमा सञ्चालित नीजगढ नगरपालिकाको उतर तर्फको भुभागको एकान्तस्थाकलको जुवालाई प्रशासनको संरक्षण र सहमति हुदा जुवाडेहरु निर्धक्क रहेका छन ।

दैनिकराती १० बजे पछि बिहान सम्म उक्त स्थानमा जुवा खेल भैरहेको छ । प्रहरीकै संरक्षणमा राष्ट्रपति चुरेसंरक्षण लागु भएको चुरे बाटनै ढुङ्गा उत्खनन गरी दैनिकरुपमा निर्यात भैरहेको छ । दैनिक जसो ट्रक र ट्रयाक्टर बाट ढुङ्गा निकासी भैरहेको स्थानीय बासिन्दाले जनाएका छन ।

बाराको नीजगढ नगरपालिका–४ स्थित एकान्तस्थानको यो घरमा प्रहरीकै संरक्षणमा दशै यता जुवा खेल हुने गर्छ ।

तस्बीरः सञ्जय कार्की