पर्यटकिय गन्तव्य बन्दै कालिगण्डकीको स्टिमर यात्रा

0
Shares

अनिल खत्री, गुल्मी ।
वर्षातको पानिले नदिको बहाव वढे सँगै बन्द भएको कालीगण्डकीमा को स्टिमर सेवा पुन सञ्चालनमा आएको छ । गुल्मी,स्याङ्जा, पर्वतको सिमानामा पर्ने कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा जलयातायात स्टिमर सेवा सञ्चालन हुँदै आएको छ ।

नदीमा पानीको बहाव घट्दै गएकाले स्टिमर सेवा पुनःसञ्चालन आएको हो । वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना जोखिमले असारदेखि ठप्प थियो । पानीको सतह घटेपछि मात्र स्टिमर सेवा सञ्चालनमा ल्याइएको छ ।

जलयातायात सेवा सुचारु भएपछि गुल्मी स्याङ्जा,पर्वतका बासिन्दा यातायातको सुविधाबाट लाभान्वित बनेका छन् । जलयातायतमा तिन जिल्ला बाहेक अन्य ठाउँबाट समेत यात्रा गर्न आन्तरीक पर्यटकहरु पुग्ने गरेको स्थानिय सञ्चारकर्मी तिलाचन पाण्डेयले बताए ।

जलाशयमा मार्फत व्यवसायिक रुपमा स्टिमर सञ्चालन भएपछि तिन जिल्लाका सँगै बाग्लुङ्ग सिमानाका दर्जनौँ गाउँका स्थानियले यातायातको दरिलो माध्यम बनाएर सुविधा लिदै आएका थिए । सेतीबेनी देखि मिर्मिसम्म ७ किलोमिटरको दुरीमा जलयातायात सञ्चालनमा आएपछि गुल्मी, स्याङजा,पर्वत र बागलुङ्ग सिमानाका बासिन्दालाई यात्रा गर्न सहज भएको छ ।

जलयातायत मार्फत दैनिक एक दर्जन स्टिमरबाट आवत जावत गर्ने गर्दछन् । व्यावसायिक रुपमै कालिगण्डकी जलयातायात र शालिग्राम जलयातायत मार्फत स्टिमर सञ्चालनमा आएका छन् । पैदल हिड्दा धेरै समय लाग्ने स्टिमरमा करिव ४५ मिनेटमै यात्रा गर्न सकिन्छ ।

स्टिमर सेवा सुचारु भएपछि त्यसक्षेत्रका बासिन्दाले मालसामान ढुवानी समेत गर्दै आएका छन् । त्यस क्षेत्रमा २०५६ देखि स्टिमरसेवा सञ्चालनमा आएको स्थानिय अगुवानेता टिकाराम ढकालले बताए । उनका अनुसार हालको कालिगण्डकी करिडोर निर्माण नहुन्जेल त्यस भेगका मानिहरुको मुख्य यातायतको साधन बनेकाले उक्त सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न मुख्य यातायत बनेको ढकालले बताए ।

अहिले कालिगण्डकी करिडोरको बाटो भएर यात्रा गछौं ढकालले भने ‘बाटो नहुँदा चार जिल्लाका मानिहरु यात्रा सँगै सामानहरु लिएर यात्र गर्ने गर्दर्थे ।’ बाटो खुले सँगै हाल भने स्टिमरको यात्रा पर्यटकिय महत्वको यात्रा बनेको छ उनले भने ‘त्यस सेवाबाट आर्थिक जिविको पार्जन गर्नेहरुलाई निकै फाइदा मिलेको थियो ।’

सेतीवेनी धार्मिकतासँगै बिश्वकै ठुलो शालिग्राम र मिर्मिमा नेपालकै ठुलो जलबिद्युत केन्द्र भएकाले पर्यटकिय गन्तव्यको रुपमा उक्त क्षेत्र रहिरहेको ढकालको भनाइ छ । एक वर्षमा ३ महिना बाहेक अन्य ९ महिना स्टिमर चलिरहने बताए ।

एउटा स्टिमरमा झण्डै १सय भन्दा वढी मानिहरु यात्रा गर्न सक्छन् । विश्वकै ठूलो शालिग्राम शीलासमेत सोही स्थानमा रहेकाले पर्यटकसमेत स्टिमर चढेर त्यहाँ पुग्ने गर्दछन् । तिन जिल्लाको संगम स्थल सेतीबेनीमा स्टिमर सँगै पर्यटकको केन्द्र बिन्दु बनाउन त्यस क्षेत्रका गाउँपालिकाहरुले नयाँ योजनाहरु बनाउने तयारीमा रहेको बताएका छन् ।

स्टिमर यात्रा सँगै यसक्षेत्रको सालिग्रामलाई अन्तरी र बाह्य पर्यटकहरु भित्राउने गरि नितिगत योजनाहरु बनाएको कालिगण्डकी गाउँपालिका गुल्मीका कार्यकारी अधिकृत बावुराम पल्लीले बताए । जलविद्युत् निर्माणको क्रममा बनेको जलाशयमा जलयातायात स्टिमर सेवा सञ्चालन हुँदै आएको छ उनले भने ‘यसलाई हामिले पर्यकटकिय स्थल बनाउने सोचमा छौं ।’