मुसिकोट नगरलाई निशुल्क जग्गा दिनेको होड

0
Shares

अनिल खत्री, गुल्मी ।
गुल्मी जिल्लाको नगरपालिकालाई मुसिकोटलाइ लाखौ मूल्यको जग्गा दिन स्थानीय जनताको होडबाजी चलेको छ । नगरपालिकाले छिट्टै आबश्यक भौतिक पूर्वाधारहरु खडा गर्ने भनेपछि जग्गा दिनेको होड चलेको हो ।

नगरपालिकाको भवन निर्माणको लागि मुसिकोट ७ निवासी कृष्ण प्रसाद सापकोटा, शोभाखर सापकोटा, टिकाराम सापकोटा, बसन्त पन्थ, लोक बहादुर पन्थ, नर बहादुर काफ्ले, र गँगा बहादुर पन्थ सहितले मुसिकोट ७ गुठिखेत माथी तिम्लेचौरको करिब ११ रोपनी जग्गा प्रदान गर्ने प्रस्ताव गरेका छन् ।

त्यसैगरी गोलडेन फ्युचर एकाडमी बोर्डिङ्ग जाने बाटोको गुठीको करिब १५ रोपनी जग्गा तथा १२ रोपनीको क्याम्पसलाइ दान गरीएको जग्गा पनि प्रस्ताव गरीएको छ ।

नगरको वडा नम्बर ७ को कार्यालयको भवन निर्माणको लागि हालको बसपार्क रहेको पहिलाको गाबिसको करिब ४ रोपनी जग्गा, हालको चौकी नजिकै कनिकेडाँडाको करिब ३ रोपनी सार्वजनिक जग्गा, साविकको वामी ९ संखरटारीको करिब ३ रोपनी जग्गा तथा महेन्द्र आदर्श माबि को नया भवन पछाडी रहेको ब्यक्तिको करिब ४ रोपनी जग्गाको प्रस्ताव आएको छ । त्यसैगरी सभाहल निर्माणको लागि ढावरोडको सार्वजनिक जग्गा करिब ३ रोपनी, बोधिनि खोला स्थित ३ रोपनी ब्यक्तिगत जग्गाको प्रस्ताव गरीएको छ ।

खेल मैदान् निर्माणको लागि वामी बजार निवासी हरिहर सापकोटाको घर पछाडीको सार्वजनिक जग्गा र ढाल बहादुर जिसीको करिब ५ रोपनी जग्गा प्रस्ताव आएको छ । बसपार्क निर्माणको लागि पुरानो बसपार्क पछाडी बाँङ्गे भन्ने स्थानमा रहेको सार्वजनिक जग्गा, तथा कृष्णहरी सापकोटा, तिलाराम सापकोटा, ढाल बहादुर जिसी, तिर्थमणी सापकोटा र कमला कार्की गरी करिब १० रोपनी जग्गाको प्रस्ताव आएको छ ।

फोहोर ब्यबस्थापनको लागि डम्पिङ्ग साइट बनाउन जग्गा नमिल्दा नगरपालिकाले आफै खरिद गरी उपयुक्त जग्गा छनौट गर्नुपर्ने भएको छ ।