पुर्ननिर्माण प्राधिकरणका नवनियुक्त (सिइओ) भुसालले सम्हाले कार्यभार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

पुनःनिर्माण प्राधिकरणकाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा युवराज भूसालले पदभार ग्रहण गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत रहेका भूसालले मंगलबारदेखि पुनःनिर्माण प्राधिकरणकाको तेस्रो प्रमुख कार्यकारी अधिकृत ९सीईओ० को जिम्मेवारी सम्हालेका हुन् ।

मन्त्रीपरिषदको सोमबार बसेको बैठकले पूर्व सचिव भूसाललार्इ पुनःनिर्माण प्राधिकरणकाको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मा नियुक्त गरेको थियो । प्राधिकरणका सीइओ डा गोविन्द पोखरेलले राजीनामा दिएपछि सरकारले भूसाललाई नयाँ सीइओ नियुक्त गरेको हो।

यसअघि पोखरेलले शनिबार राजीनामा दिएका थिए। सरकारले उनलाई तत्कालका लागि भन्दै नियुक्त गरेको हो। पोखरेल प्युठानमा राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै निर्वाचन आयोगले जिल्ला छोड्न समेत निर्देशन दिएको थियो।