दुतावासले भन्यो: मलेसियामा भएको बस दुर्घटनामा नेपाली कामदारको ज्यान गएको खबर छैन



नेपाल समाचारपत्र, काठमाडौं ।

मलेसियाको पेनाङमा भएको बस दुर्घटनामा नेपाली कामदारको ज्यान नगएको क्वालालम्पुर स्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली र इन्डोनेसियाली कामदार बोकेका दुई बस एक आपसमा जुध्दा ८ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेहरु नेपाली नरहेको दूतावासले जनाएको हो ।

सोनी कम्पनीको कारखानामा काम गर्ने नेपाली र इण्डोनेसिया का कामदार बोकेका बस एक आपसमा जुधेका थिए । दुर्घटनामा अरु ४० जना कामदार घाइते भएका छन् । घटनाको थप विवरण आउने क्रममा रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्