मेसी र नेयमारलाई पछि पार्दै रोनाल्डो बने फिफा वर्ष खेलाडी


काठमाडौं, विश्वकै प्रतिष्ठित फिफा वर्ष खेलाडीको अवार्ड रियल मड्रिडका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले जितेका छन्। विश्व फुटबल महासंघ फिफाले गएराति लण्डनमा विशेष कार्यक्रम गरी रोनाल्डोलाई फिफा वेष्ट प्लेयर ( २०१७ को अवार्ड प्रदान गरेको हो।

लगातार दोस्रो वर्ष यो अवार्ड हात पार्ने क्रममा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेसी र हाल पिएसजीमा आवद्ध ब्राजिलियन स्टार नेयमारलाई पछि पारे। रियलले गत सिजन ला लिगा र च्याम्पियन्स लिग दुवै जितेको थियो। उत्कृष्ट खेलाडी चयनका लागि भएको भोटिङमा रोनाल्डोले ४३।१६ प्रतिशत मत पाएका थिए।

यस्तै मेसीले १९।२५ र नेइमारले ६।९७ प्रतिशत मत प्राप्त गरे। उत्कृष्ट प्रशिक्षक रियलकै जिनेदिन जिदान घोषित भए।

यस्तै महिलातर्फ वेस्ट प्लेयरको अवार्ड बार्सिलोनाकी डच स्टार लियके मार्टिन्सले जित्दा डच प्रशिक्षक सरिना वेइगम्यान उत्कृष्ट घोषित भइन्।

युभेन्टसका गोलकिपर बुफोन उत्कृष्ट गोलकिपर बन्दा आर्सनलका ओलिभर जिरुडको गोल वर्षभरीकै उत्कृष्ट ठहरियो। यस्तै वर्षकै उत्कृष्ट फ्यानको अवार्ड सेल्टिकका फ्यानलाई प्रदान गरियो।