मलेसिया । मलेसियाको पेनाङ भन्ने शहरमा सोमबार बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा ठोकिँदा ८ जनाको ज्यान गएको छ ।
सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेसियन कामदार बोकेका बस ठोकिएको बिभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको न्यू स्ट्रेट टाइम्सले उल्लेख गरेको छ ।
मृत्यु हुनेहरुको नाम खुलाइएको छैन् । मृत्यु हुनेहरु अधिकांश नेपाली कामदाररहेको बताइएको छ । यसबारेमा अहिलेसम्म क्वालालम्पुरस्थित नेपाली राजदूतावासले कुनै जानकारी दिएको छैन् ।
प्रतिक्रिया