भाइबहिनीको हत्या


 

कोलराडो स्प्रिंग्स, (एजेन्सी)
अमेरिकाको कोलराडो निवासी एक जना १९ वर्षीय किशोर आफ्ना भाइबहिनीको हत्या गरेको अभियोगमा प्रहरीको फन्दामा परेका छन्। उनले घरमा एक्लो बस्ने रहरले तिनीहरूको हत्या गरेको प्रहरी समक्ष बयान दिएको सुरक्षा सूत्रले बताएको छ। मंगलबार बिहान सबेरै घटनाको सूचना पाएर तिनीहरूको घरमा पुगेका प्रहरीले ५ वर्षीया बालिका र ७ वर्षीय बालकलाई सख्त घाइते अवस्थामा फेला पारेको थियो। तिनीहरूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो। घटनको बेला आफू सुतिरहेको तिनीहरूका पिता जेफर्सन मर्फीले बताएका छन्।