अर्बपति विजयी


 

प्राग, (एजेन्सी)
लोकप्रिय अर्बपति उम्मेदवार आन्द«ेज बाबिस र उनको पार्टीले चेक गणतन्त्रको आमनिर्वाचन जितेका छन्। राष्ट्रको दोस्रो सबैभन्दा धनी व्यक्ति ६३ वर्षीय बाविसको मध्यमार्गी अभियान एएनओ (एस) पार्टीले आफ्नो निकटतम् प्रतिद्वन्द्वीले भन्दा झण्डै तीन गुणा बढी अर्थात् करिब ३० प्रतिशत मत प्राप्त गरेको छ। प्रत्येकले १० प्रतिशतभन्दा बढी मत ल्याएर सेन्टर राइट सिभिक डेमोक्र्याट्स र पाइरेट्स पार्टी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यसपालि झण्डै ६१ प्रतिशत मत खसेको बताइएको छ।