आबेलाई दुई तिहाइ


 

टोकियो, (एजेन्सी)
जापानका प्रधानमन्त्री सिन्जो आबेले आइतबार सम्पन्न आम चुनावमा मजबुत जनादेश हासिल गरेका छन्। उत्तर कोरिया विरुद्धको कडा लाइन र देशको अनाक्रमणवादी संविधानको समीक्षा गर्ने नीति अगाडि सारिरहेका आबेको पार्टी चुनावमा विपक्षी दललाई पन्छाउन सफल भएको छ। आबेको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र उसको कनिष्ठ गठबन्धन पार्टनर कोमेइटोले ४ सय ६५ सदस्य रहेको तल्लो सदनमा ३ सय ३१ सिटमा जितेर दुई तिहाइको प्रचण्ड बहुमत हासिल गर्ने तयारी रहेको टीबीएस टेलिभिजनले गरेको एक मत सर्वेक्षणले देखाएको छ। अन्य केहीले सत्तारुढ ब्लकलाई दुई तिहाइभन्दा केही कम नै आउने जनाएको छ।