मनोनयन दर्ताका लागि बाबुराम र नारायणकाजी गोरखामा

0
Shares

नेपाल समाचारपत्र, गोरखा ।
संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखा आइपुगेका छन्।

आइतबार हुने उम्मेदवारी मानोनयन दर्ताका लागि दुवै नेता आजै काठमाडौँबाट छुट्टाछुट्टै रुपमा गोरखा आइपुगेका हुन्।

गोरखा दुईबाट प्रतिस्पर्धी रहेका बाबुराम र नारायणकाजी दुवै हेविवेट उम्मेदवार मानिन्छन्। पुर्वप्रधानमन्त्री समेत रहेका बाबुराम यसअघि पनि उक्त क्षेत्रबाट सभासद समेत बनिसकेका व्यक्ति हुन भने पूर्वउपप्रधानमन्त्री रहेका नारायणकाजी पहिलो चरणका हेविवेट उम्मेदवार मानिन्छन्।

यी दुई नेताका बीचमा हुने प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा निकै चासोका रुपमा हेरिएको छ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई कांग्रेस र नयाँ शक्तिको गठबन्धनका साझा उम्मेदवार हुन भने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ वाम गठबन्धनका साझा उम्मेदवार हुन्।

दुवैले केही बेरमा मनोनयन दर्ता गर्ने जनाइएको छ।