कोलकातामा पनि देउसीभैलोको रौनक


काठमाडौँ, ४ कात्तिक । संयुक्त नेपाली वेलफेयर ट्रष्टको आयोजनामा कोलकातास्थित नेपाली महावाणिज्यदूतावासमा गोवद्र्धनपूजाका दिन देउसीभैलो खेलिएको छ ।

कार्यक्रममा महावाणिज्यदूत एकनारायण अर्याल, नायब महावाणिज्यदूत नारायण शर्मा, वाणिज्यदूत सीता बस्नेतलगायत दूतावासका कर्मचारी र नेपाली समुदायको सहभागिता थियो ।