करोडको खेल खेल्ने ठुला जुवाडे पक्राउ


नेपाल समाचारपत्र,काठमाडौं ।
तिहार सुरु भएसँगै राजधानीका टोल टोलमा जुवाखाल सुरु भएको छ । मंगलबार प्रहरीले बत्तीसपुतलीमा ठुला जुवाडेलाई पक्राउ गरेको छ ।

बत्तिसपुतलीस्थित अर्गानिक चुलो रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा लमजुङ घर भई हाल हात्तिगौंडा बस्ने ५२ बर्षीय गोपाल के।सी।समेत १४ जनालाई नगद ११ लाख ५५ हजार ८ सय ४० रुपैयाँ र कौडा १६ थान सहित मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त खालमा दिन एक करोड भन्दा धेरैको हारजित हुने गरेको खुलेको छ ।