गणेश लामा प्रत्यक्षबाट उठ्ने


 

काभ्रे, (नेस)
नेपाली कांग्रेससँग पार्टी एकीकरण भएलगत्तै नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य गणेश लामाले प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने घोषणा गरेका छन्। विजय गच्छदारको दाहिने हातका रूपमा चिनिने लामा पार्टी एकीकरण भएलगत्तै जिल्ला आएर उम्मेदवार घोषणा गरेका हुन्।

पनौती युवा मञ्चको आयोजनामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै लामाले उक्त कुरा बताएका हुन्। लामाले उम्मेदवारी घोषणा गर्नुअघि नेपाली कांग्रेस क्षेत्र नम्बर–१ बाट तीर्थ लामाको सर्वसम्वत उम्मेदवारी सिफारिस भएको छ। दुवै व्यक्ति पछिल्ला समयमा राजनीतिमा सक्रिय भएका हुन्। राजनीतिमा प्रवेश गरेलगत्तै क्षेत्रीय अध्यक्ष हुँदै सांसद बनेका तीर्थ लामाले २०७० सालको निर्वाचनमा एमालेका संग्रामजित लामा र नेकपा माओवादी केन्द्रका सूर्यमान दोङलाई पराजित गरेका थिए।