ठगीका अभियुक्त पक्राउ


 

काठमाडौं(नेस)
काठमाडौं जिल्ला अदालतको २०७३ कात्तिक २२ गतेको फैसलाले ठगी मुद्दामा जनही २ बर्ष कैद र ८ लाख १७ हजार ९ सय ३३ रुपैयाँ जरीवाना हुने ठहर भई फरार रहेका प्रतिवादीहरु बौद्ध बस्ने नुवाकोट वुङताङबका भाग्यमान तामाङ र काठमाडौंको टोखा बस्ने गोरखा मान्वुका महेन्द्र गुरुङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ।

उनीहरुमध्ये तामाङलाई काठमाडौंको धर्मस्थलीबाट र गुरुङलाई टोखाबाट मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको छ।प्रतिबादी तामाङ समेतका ३ जनाले वैदेशिक रोजगारको लागि इजरायल, मकाउ र कोरिया समेतका देशमा आकर्षक तलब सुबिधामा पठाउने भन्दै ३२ जनाबाट सक्कल राहदानी लिई पटक पटक गरी ४१ लाख रुपैयाँ बुझी लिएकोमा रोजगारीको लागि बिदेश पठाउने प्रकृया समेत नगरी रकम र राहदानी लिई सम्पर्क बिहिन भएका थिए।