जाममुक्त अभियान, कार्तिक १ देखि सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।
सवारी साधानको अत्याधिक चापको कारण सर्वसाधारणलाई सास्ती भएपछि लगनखेलदेखि गोदावारी र तौखेल जाने सार्वजनिक यातायातमा जोरविजोर प्रणाली लागु गर्ने भएको छ ।

जाममुक्त ललितपुरको अभियान शुरु गरेको ललितपुर ट्राफिक प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशनमा जिल्लाको सार्वजनिक यातायातमा जोरविजोर प्रणाली लागु गर्ने भएको हो ।

यो प्रणाली लगनखेलदेखि गोदावारी र तौखेल जाने सार्वजनिक यातायातमा लागु हुने ललितपुर ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सो क्षेत्रमा सवारी साधानको अत्याधिक चापको साथै नयाँ बस्ती बढ्ने क्रम तीव्र रहेको हुँदा त्यसक्षेत्रमा दैनिक जाम हुने र दुर्घटनाको संख्या बढेकाले यस्तो कदम चाल्न लागिएको हो ।

यो क्षेत्रमा ९६ वटा सार्वजनिक यातायात गुड्ने गरेका छन् । कार्तिक एक गतेदेखि एक हप्तासम्म बिजोर नम्बर मात्र सो क्षेत्रमा सञ्चालन हुनेछन् ।