अर्बुद रोगको जिल्ला सभा सम्पन्न

0
Shares

 

काठमाडौं, (नेस)
नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको २५औँ जिल्ला सभा सम्पन्न भएको छ। सभा शाखाका सभापति अजय सिंह सुवालको अध्यक्षता एवम् संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सभामा संस्थाका निवर्तमान अध्यक्ष दिवाकरराज कर्णिकार र भक्तपुर क्यान्सर अस्पतालका मेडिकल निर्देशक ऋषिकेश नारायण श्रेष्ठले नेपालमा क्यान्सर रोगको रोकथाम र उपचारमा संस्थाले सेवा सुविधा पुर्याउँदै आइरहेको बताउनुभयो।

सभामा संस्थाका सचिव दिव्यलक्ष्मी वज्राचार्यले आर्थिक वर्ष २०७३⁄७४ को वार्षिक प्रगति प्रतिवेदन र संस्थाका कोषाध्यक्ष श्रीकृष्ण महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै संस्थाको विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका समाजसेवीहरूलाई संस्थाका अध्यक्ष अजयसिंह सुवालले सम्मानप्रत्र प्रदान गर्नुभएको थियो।