विजय कुमार गच्छदार आज कांग्रेस प्रवेश गर्दै, साढे ५ बजे घोषणा हुने



नेपाल समाचारपत्र,काठमाडौं । विजय कुमार गच्छदार आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । उनी नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच आज एकता हुन लागेको हो ।

बेलुका साढे ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गच्छदार नेतृत्वको पार्टी कांग्रेसमा मिसिन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

यसअघि अघिल्लो साता गच्छदार कांग्रेस प्रवेश गर्ने तयारी गरेको भए पनि पार्टीमा सहभागीता र निर्वाचनका विषयमा कुरा नमिलेपछि रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्